+
+

सिनामंगल झर्ना गेस्ट हाउसमा पुरुष–महिला मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १६:३७

१८ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।

मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?