+
+

ब्रिट्नी स्पियर्सको बायोपिक फिल्म बन्ने, युनिभर्सलले किन्यो राइट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १६:४७

काठमाडौं । हलिउड स्टुडियो युनिभर्सल पिक्चर्सले पपस्टार ब्रिट्नी स्पियर्समाथि बायोपिक फिल्म निर्माण गर्ने भएको छ । फिल्म बनाउनका लागि स्टुडियोले गायिका स्पियर्सको चर्चित आत्मकथा ‘द वुमन इन मी’को अधिकार खरिद गरेको छ ।

यो फिल्मलाई ‘विक्ड’ फेम्ड निर्देशक जोन एम चुले निर्देशन गर्नेछन् । यो कथानक फिल्मको निर्माण चाहिं मार्क प्लाटले गर्नेछन् ।

गायिका स्पियर्सले सामाजिक सञ्जालमा ‘गोप्य परियोजना’ भन्दै समाचार सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘प्लाटले सधैं मलाई मनपर्ने फिल्म बनाएका छन् ।’ साथै उनले फ्यानलाई थप समाचारका लागि धैर्य गर्न भनेकी छन् ।

युनिभर्सलले उच्च प्रतिस्पर्धात्मक लिलामीमा यो पुस्तकको अधिकार खरिद गरेको भेराइटीले जनाएको छ । गत अक्टोबरमा मात्रै प्रकाशित पुस्तक अमेरिकामा मात्रै २५ लाख प्रति बिक्री भएको समाचारमा उल्लेख छ ।

पुस्तकमा स्पियर्सले ‘मिक्की माउस क्लब’बाट माथि उठेर आफू कसरी सुपरस्टारको रुपमा स्थापित भएँ भन्ने कुराको वर्णन गरेकी छन् । साथै यसमा अति प्रचारित ‘संरक्षक केस’को कुरा पनि उल्लेख गरिएको छ ।

पुस्तकमा स्पियर्सका पूर्वप्रेमी तथा उनको परिवारसँगको हिंस्रक स्वभाव र सम्बन्धलाई गहिरो रुपमा चित्रण गरेको छ । युनिभर्सलले यसअघि बनाएका म्युजिकल बायोपिक फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?