+
+

माछापुच्छ्रे बैंकद्वारा कैलालीको नवदुर्गा माविमा खानेपानी पूर्वाधार निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १७:१४

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको नवदुर्गा माविलाई खानेपानी पूर्वाधार निर्माण गरिदिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

१८ साउनमा आयोजित एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको बैंकको भनाइ छ ।

विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने खानेपानीको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाएपछि खानेपानी पूर्वाधार निर्माण गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?