+
+

आफैं व्यवस्थापन समिति अध्यक्ष रहेको स्कुलबाट १२ पास

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १७:२७

१८ साउन, हेटौंडा । जिल्लाको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका छन् । उनले ५२ वर्षको उमेरमा कक्षा १२ पास गरेका हुन् ।

वडाध्यक्षा खनालले २.४१ जीपीए प्राप्त गरेका छन् । यसभन्दा अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा उनले २.५३ जीपीए प्राप्त गरी उनी उत्तीर्ण भएका थिए । खनालले निर्मल बहुमुखी क्याम्पस बस्तिपुरबाट परीक्षा दिएका थिए ।

राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको महत्वपूर्ण भूमिका हुने भन्दै उनले दुई वर्ष अघि पढाइलाई निरन्तरता दिने बताएका थिए । ‘मेरो अठोट पूरा गरेको छु,’ परीक्षाफल प्रकाशन भएपछि उनले प्रतिक्रिया दिए ।

खनाल मनहरी गाउँपालिका–१ का वडाध्यक्ष एवं बाल जीवनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । आफू अध्यक्ष रहेको विद्यालयकै विद्यालयमा उनी विद्यार्थी बनेर उनले पढाइलाई निरन्तरता दिएका थिए ।  वडाबाट समय मिलाएर उनी बेलाबेलामा विद्यालय अध्ययन गर्नसमेत जाने गरेका थिए ।

अध्यक्ष भएपछि सो विद्यालयमा ११ र १२ कक्षा सञ्चालन गर्न खनालले आफैं पहल गरेका थिए ।

२०५६ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका खनालले विविध कारणवश पढाइलाई बीचमै छाडेको बताए । परिवारको आर्थिक अवस्था कारण एसएलसी पछिको शिक्षालाई अगाडि बढाउन नसकेको उनको भनाइ छ । खनाल २०७४ र २०७९ मा गरी दुई पटक वडाध्यक्षमा निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?