+
+

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १४:२९

काठमाडौं । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले बिहीबार दुर्गापुर शाखाको उद्घाटन गरेका हुन् । योसँगै झापामा पाँचौं र देशभरि ३१४औं शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी, ७ नम्बरका वडाध्यक्ष भिष्मभूषण सिटौला, ८ नम्बरका वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायत उपस्थिति थियो ।

कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?