
१८ साउन, काठमाडौं । नवनियुक्त तीन राज्यमन्त्रीले शपथ लिएका छन् ।
शुक्रबार राज्यमन्त्री नियुक्त भएका तीन जनाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
शुक्रबार कांग्रेसबाट रूपा विक र पूर्णबहादुर तामाङ तथा नागरिक उनमुक्ति पार्टीबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।
अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रूपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ । योसँगै २५ सदस्यीय मन्त्रिपरिषदले पूर्णता पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4