+

काभा वुमन्स नेसन्स लिग : श्रीलंकामाथि इरानको प्रतिस्पर्धात्मक जित

२०८१ साउन  १८ गते १७:५५ २०८१ साउन १८ गते १७:५५
काभा वुमन्स नेसन्स लिग : श्रीलंकामाथि  इरानको प्रतिस्पर्धात्मक जित

१८ साउन, काठमाडौं । श्रीलंकालाई ३–२ को सेटमा इरानले काभा वुमन्स नेसन्स लिगमा पहिलो जित हात पारेको छ ।

शुक्रबार दशरथ रंगशाला कर्भड हलमा भएको खेलमा उत्कृष्ट पुनरागमनसहित इरानले यो खेलमा जित हात पारेको हो । इरानले श्रीलंकालाई २५–२०, २५–१२, २२–२५,१३–२५ र १५–११ ले जित हात पारेको हो ।

पहिलो, दोस्रो र पाँचौं सेट आफ्नो पक्षमा पार्दै इरानले खेल जितेको हो । खेल जितेको इरानले २ अंक पाउनेछ भने श्रीलंकाले यो खेलबाट १ अंक जोडेको छ ।

आजको खेलमा २ सेट सहज जित निकालेको इरानले पछिल्लो २ सेटमा कमजोर देखियो । विशेषत तेस्रो सेटमा केही प्रतिस्पर्धात्मक खेले पनि चौथो सेटमा भने इरानका युवा खेलाडी निकै थकित देखिएका हुन् ।

बिहीबार भारतसँग ४ सेट खेलेका इरानका खेलाडीले २४ घण्टा पनि नबित्दै पुन चौथो सेटसम्म खेल्दा थकित देखिएका थिए । तेस्रो सेटमा २२ अंकमा समेटिएको इरान चौथो सेटमा भने श्रीलंकासँग निकै कमजोर प्रदर्शन गर्यो । चौथो सेटमा इरान १३ अंकमा नै रोकियो ।

खेलको पाँचौं सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । पाँचौं सेटको सुरुवातमा इरानले अग्रता लियो । –६ को स्थितीमा इरानको पक्षमा रहेको खेलमा श्रीलंकाले पुनरागमन गर्दै १०– को अवस्थामा पुर्यायो । तर श्रीलंकाले प्राप्त गरेको १० औं अंक भने श्रीलंकाका खेलाडीले एउटै र्‍यालीमा ४ पटक बल छुँदा अंक गुम्यो ।

पाएको अंक गुमेपछि भने श्रीलंका खेलमा पछि पर्यो । त्यसपछि भने खेललाई इरानले आफ्नो पक्षमा पार्‍यो । सेटमा इरानले ११ अंक जोड्ने र्‍यालीमा इरानका खेलाडीले नेट टच गरेको संकेत गर्दा रेफ्रिले कुनै चासो नदेखाउँदा उनले केही समय संमयमता गुमाउन पुगे । यही सेटको दौरान श्रीलंकन प्रशिक्षक चाल्स तिलकरत्नेले पहेंलो कार्ड पनि प्राप्त गरे । अन्ततः खेल इरानले जित्यो ।

आजको दोस्रो खेल भारतले माल्दिभ्ससँग खेल्नेछ । बिहीबार भएको पहिलो दिनको २ खेलमा पहिलो खेलमा नेपालले श्रीलंकालाई सोझो सेटमा हराएको थियो भने भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

इरान काभा भलिबल काभा वुमन्स नेसन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय