+
+

एमालेबाट पदमुक्त भएपछि मणि थापा– ‘आफ्नो लिगेसी र स्कुलिङतिरै फर्कन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:०८

१८ साउन, काठमाडौं । मणि थापा एमाले स्थायी कमिटीबाट पदमुक्त भएका छन् । एक वर्ष अघि जेठमै पार्टीबाट छुट्टी मागेका थापालाई पदमुक्त गर्न भने एमालेले एक वर्ष लगाएको छ ।

बिहीबार काठमाडौंमा बसेको पार्टी बैठकले थापालाई पदमुक्त गरेको हो । थापाले उक्त निर्णयलाई स्वागत गरेका छन् ।

‘मैले पोहोर भदौ १२ गते नै राजीनामा दिएको थिएँ, उहाँहरुलाई चाँडै निर्णय गरिदिन अनुरोध पनि गरेको थिएँ,’ थापाले अनलाइनखबरसँग भने, ‘पाँच–सात महिनाअघि पनि एकपल्ट कुरा भएको थियो । तर ढिलो निर्णय भए पनि म यसलाई स्वागत गर्छु ।’

थापाले तुरुन्तै कुनै पार्टीमा लाग्ने घोषणा नगरे पनि विगतमा आफूले काम गरेको माओवादीमा फर्कने सामान्य संकेत भने गरेका छन् ।

उनले भने, ‘राजनीति नै गर्ने हो । आफ्नो लिगेसी र स्कुलिङभित्र रहनुपर्छ भन्ने ठानेको छु । सायद त्यस्तै केही गर्छु होला ।’

विगतमा युद्धकालदेखि नै माओवादीमा रहेका थापा एमाले र माओवादी एकतापछि बनेको नेकपाकालमा जोडिँदै एमाले प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष केपी ओलीले स्थायी कमिटी सदस्य बनाएका थिए ।

तर काभ्रेमा आयोजित एक कार्यक्रममा थापाले नेपालमा सबैजसो ठूला पार्टी दक्षिणपन्थी बनिसकेको भन्दै एमाले पनि त्यसैभित्र रहेको बताएपछि ओली क्रुद्ध भएका थिए ।

थापाले ओलीको आक्रोशलाई पार्टीभित्र भविष्य नरहेको अर्थमा बुझे । पोहोर जेठमै उनले पार्टीभित्र छुट्टी मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?