+
+

कर्जा नियमित भए बन्द उद्योगलाई सूक्ष्म निगरानीमा राख्दा हुने

निमार्ण व्यवसायीको 'फोर्स लोन' मा सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:१४

१८ साउन, काठमाडौं । परिस्थितिजन्य कारणले उद्योग बन्द भए पनि कर्जाको सावाँ ब्याज नियमित भए त्यस्तो कर्जालाई अब सूक्ष्म निगरानीमा राख्दा हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको घोषणा कार्यान्वयनका लागि बैंकहरूलाई जारी गरेको एकीकृत परिपत्रमा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

‘कर्जा प्रवाह भई स्थापना भएको उद्योग/परियोजना/व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभएता पनि पूर्वनिर्धारित व्यवस्था बमोजिम कर्जाको सावाँ ब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग/परियोजना/व्यवसायमा प्रवाहित कर्जा सूक्ष्म निगरानीम वर्गीकरण हुनेछ,’ संशोधित निर्देशनमा छ ।

यसअघि यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गरी १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने थियो । अब भने ५ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुनेछ ।

यस्तै निर्माण व्यवसायीको जमानत दाबी भई सिर्जना भएको कर्जाको हकमा उक्त कर्जा आव २०८०/८१ का लागि ९० दिनसम्म असुली नभई खराब वर्गमा वर्गीकरण भइनसकेको अवस्थामा त्यस्तो कर्जालाई आव २०८१/८२ मा कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण गरी सोही बमोजिम कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने भएको छ ।

प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरू फोर्स लोनको रूपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले ९० दिनसम्म असुली नभएमा निष्क्रिय कर्जामा वर्गीकरण गर्नुपर्ने हुन्छ । तर, निर्माण व्यवसायीको हकमा भने राष्ट्र बैंकले छुट दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?