+
+

अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:२०

१७ साउन, काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने ४५ वर्षीया बिना महर्जन छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं–११ बाट पक्राउ गरेको हो ।

उनले अनलाइनमा रकम जम्मा गर्दा राम्रो आम्दानी हुन्छ भन्दै प्रलोभन देखाएर टेलिग्राम एपमार्फत ‘नेपाल एमएफओसिएल’ गु्रप बनाएर पर–परचेज ०.२३ प्रतिशत नाफा हुने बताउँदै ठगी गरेको आरोप छ ।

नाफा हुने बताउँदै विभिन्न व्यक्तिको खातामा रकम पठाउन लगाएर ठगी गरेको भन्ने जाहेरी परेपछि पक्राउ परेकी महर्जनविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसपी नवराज अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?