+
+

कर्जा खरिद बिक्रीमा राष्ट्र बैंकको लचिलो नीति, २० प्रतिशत जोखिम भार

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:२२

१८ साउन, काठमडौं । बैंक तथा वित्तीय संस्थाको कर्जा खरिद बिक्री सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ ।

शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै कर्जा खरिद बिक्री गर्दा उठाउन नसकेको कर्जा आफैंले खरिद गर्ने सर्तमा बिक्री गरेको कर्जाको जोखिम भार घटाएको छ  ।

बैंक तथा वित्तीय संस्थाले कर्जा खरिद बिक्री गर्दा खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफैंले खरिद गर्ने सर्त रहेको अवस्थामा बिक्रीकर्ता संस्थाले त्यस्तो कर्जामा १०० प्रतिशत जोखिम भार गणना गर्नुपर्ने थियो ।

विशेष गरी यस्तो कर्जा आफैंले पुनः प्राप्ति नगर्दासम्म उक्त बैंकले आफ्नो वित्तीय विवरणको सम्भावित दायित्व र लेखासम्बन्धी टिप्पणीको अनुसूचीमा देखाउनुपर्ने र यस्तो कर्जालाई पूँजीकोष गणना गर्ने प्रयोजनका लागि १०० प्रतिशत मात्र जोखिम भार प्रदान गर्नु पर्ने व्यवस्था थियो ।

अब यसतो कर्जामा २० प्रतिशत मात्रै जोखिम भार गाणना गर्दा हुने भएको छ । यसले बैंकहरूको पूँजीकोषमा केही सहज हुने बैंकरहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?