+
+

नेपालको प्रवर्द्धन गर्न जापानको ओसाकामा एभरेस्ट महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते १८:३०

काठमाडौं । नेपालको प्रवर्द्धन गर्न जापानको ओसाकामा पहिलो पटक एभरेस्ट फुड एन्ड कल्चर फेस्टा-२०२४ आयोजना गरिएको छ । जापानको ओसाकामा पहिलो पटक नेपाली फेस्टिबल आयोजना गरिएको हो ।

फेस्टिबलमा नेपालीको पहिचान सहितका खाना, कपडा, कोसेली पसल, नेपालको पर्यटन सम्बन्धी जानकारी दिने स्टल तथा रेमिटेन्स लगायत २० वटा स्टल राखिएका थिए । सो अवसरमा नेपाली गीतसंगीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा करिब ५ हजार नेपाली तथा अन्य मुलुकका नागरिक सहभागी भएका थिए ।

डिस्कभरी सपोर्ट, तामाङ समाज जापान कान्साई समिति, गैरआवसीय नेपाली संघ र जापानमा रहेका विभिन्न नेपाली समाजको सहकार्यमा फेस्टिबल आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?