+
+

एकीकृत समाजवादीले टुंग्यायो केन्द्रीय कमिटी (नामावली सहित)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते २०:२३

१८ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंग्याएको छ ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले केन्द्रीय सदस्यहरुको नामावली टुंग्याएका हुन् । १६ साउनमा बसेको केन्द्रीय कमिटीले प्रस्तावित नामहरु टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो ।

‘प्रस्तावित नामहरुलाई तीन नेता बसेर टुंग्याउनुभएको छ’ प्रवक्ता जगनाथ खतिवडाले भने, ‘केन्द्रीय सदस्यहरुको नामावली टुंग्याउँदा कमिटीलाई पनि पूर्णता दिइएको छ ।’ अध्यक्ष नेपाल सहित तीन नेताले ३४४ जना केन्द्रीय सदस्यहरुको नाम टुंग्याएका हुन् ।

एकीकृत समाजवादीको विधानमा भने २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था छ । प्रवक्ता खतिवडाका अनुसार पछि मनोनीत गरिने संख्यालाई समेत एकैपटक टुंग्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?