+
+

सफ्टवेरिका ‘टेक एक्स’ आकर्षण : ‘टिचिङ रोबोट’ (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १८ गते २०:०७

काठमाडौं । काठमाडौंको डिल्लीबजार स्थित सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले ‘टेक एक्स-२०२४’ आयोजना गरिरहेको छ ।

उपत्यकाका विभिन्न स्कुल तथा कलेजका विद्यार्थी र शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको टेक एक्समा एआई रोबोटिक्स आकर्षणको केन्द्र बनेको छ ।

के हो टिचिङ रोबोट ?

‘जसरी विद्यार्थीलाई शिक्षकहरूले पढाउँछन्, त्यसरी नै रोबोर्टले पढाउँछ । शिक्षकले देखाउने हाउभाउ र तर्क पनि उसले देखाउँछ,’ रोबोर्ट निर्माण गरेका विद्यार्थी अभिषेक बिमली भन्छन् ।

बिमलीका अनुसार रोबोर्टले एआईका सहारामा अनलाइन मार्फत् पनि पढाउने गर्छ ।

‘विद्यार्थीले सोधेको प्रश्नहरूको उत्तर यसले एआई मार्फत हल गरेर पढाउने गर्दछ । यसमा विद्यार्थाीलाई एउटा क्लास हुन्छ र शिक्षकलाई पनि उस्तै क्लास असाइन हुन्छ । त्यसपछि लगइन गरेर विश्वका जुनसुकै स्थानबाट पनि पढ्न मिल्छ,’ बिमली भन्छन् ।

यसले कोर्समा हुने पाठ्यक्रमहरू पढ्ने मात्रै नभई विस्तृत व्याख्या समेत गर्ने गरेको विद्यार्थीहरू बताउँछन्  । यसको मुख्य फिचर पनि यसले च्याटबटबाट दुईतर्फी कुरा गर्छ ।

‘पढाउने मात्रै होइन, प्रश्नोत्तर पनि गर्छ, त्यो पनि भौतिक रूपमै,’ बिमली भन्छन् । यसलाई २४सै घण्टा अनलाइन बनाएर जति बेला पनि विद्यार्थीले क्लास लिन सक्ने उनले बताए ।

‘यसरी रोबोर्टले पढाउने हाम्रो आविष्कार पहिलो हो, यसलाई अझै राम्रो बनाउन सकिन्छ,’  बिमली भन्छन् ।

के-के छन् टेक एक्समा ?

१५ साउनदेखि आयोजना भएको ‘टेक एक्स-२०२४’ मेलामा एआईदेखि रोबोटिक्ससम्मका प्रविधि प्रदर्शनी भइरहेको छ ।

सफ्टवेरिकाको मार्केटिङ स्ट्याजिक मेनेजर सुमन बस्यालका अनुसार रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी गरिएको छ । सफ्टवेरिकामा पढ्ने विद्यार्थीले तयार गरेका परियोजनालाई कलेजले हेरक वर्ष प्रदर्शनीमा राख्ने गरिन्छ ।

बस्यालका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरू यसका मुख्य परियोजना रहेका छन् ।

टिचिङ रोबोर्टसँगै अटोमेटिक एआई गन, रोबोटिक डग, इथिलकल ह्याकिङ, साइट अट्याकिङ पनि परियोजनामा देखाइएको छ ।

यस बाहेक सफ्टेवरिका कलेजले बैंकिङ, टुर गाइड, फुटबल, एआई असिस्टेन्ट फर आई हस्पिटल, रोबोटिक वेटर, रोबोबोट वारलगायतका ३० भन्दा बढी परियोजना प्रदर्शन गरेको छ ।

टेक एक्समा ‘रोबोट वारियर्स लिग-२०२४’ को समेत आयोजना भइरहेको बस्यालले बताए ।

बस्यालका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने टेक एक्स अहिलेसम्म करिब ४ हजार विद्यार्थीले अवलोकन गरिसकेका छन् । टेक एक्स २० साउनसम्म सञ्चालन हुनेछ ।

विद्यार्थीले प्रविधिको प्रयोग र शिक्षालाई जोडेर कसरी नयाँ आविष्कार गरिरहेका छन् भन्ने सन्देश दिन एक्स सञ्चालन गरिएको उनले बताए ।

तस्वीर/भिडियो : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?