+

काभा बिच भलिबलमा नेपालको महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

२०८१ साउन  १८ गते २०:१३ २०८१ साउन १८ गते २०:१३
काभा बिच भलिबलमा नेपालको महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

१८ साउन, काठमाडौं । नेपालको पुरुष र महिला दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महिला र पुरुष दुवैतर्फ नेपालले शुक्रबार लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले खेलेको तीनवटै खेलमा जित हात पारेको हो ।

पहिलो दिन बिहीबार माल्दिभ्ससँग पराजित भएको नेपालले शुक्रबार भुटान, उज्वेकिस्तान र ताजिकस्तानलाई पराजित गरेको हो ।

पुरुषतर्फ नेपालले पहिलो शुक्रबार भुटानलाई २१–१४, २१–१४ ले, उज्वेकिस्तानलाई २१–१५, २१–१४ र ताजिकिस्तानलाई २१–१३, २१–१७ ले पराजित गरेको हो ।

यस्तै महिलातर्फ नेपालकी कमला पुन र मनिषा चौधरीको जोडी अपराजित रहँदै सेमिफाइनल पुग्यो । पहिलो दिन एक खेल जितेको महिला टोलीले शुक्रबार खेलेको समूहको दुवै खेल जित्यो ।

कमला र मनिषाको जोडीले शुक्रबार उज्वेकिस्तान उज्वेकिस्तानलाई २१–१७, २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४, २१–१६ ले पराजित गर्‍यो ।

प्रतियोगिताको सेमिफाइनल र फाइनलका खेलहरु शनिबार हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबल प्रतियोगितामा नेपालको पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।

काभा बिच भलिबल पुरुष भलिबल टिम महिला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय