+
+

पेरिस ओलम्पिकको फुटबलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते ८:४०

१९ साउन, काठमाडौं । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।

बोर्डेमा भएको खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो ।

अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।

खलेपछि दुवै टिमका खेलाडीबीच हात हालाहाल स्थिति बनेको थियो ।

फ्रान्सले अब सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ । इजिप्टले क्वाटरफाइनलमा पारग्वेलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गरेको हो । इजिप्टका लागि सुटआउटमा पाँचै खेलाडीले गोल गरेका थिए । पाराग्वेका पेरेज गोल गर्न असफल रहे ।

निर्धारित समयम १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

यसैगरी स्पेन र मोरक्को पनि सेमिफाइनल प्रवेश गरेका छन् । स्पेनले जापानलाई ३-० ले हरायो । स्पेनका लागि फर्मिन लोपेजले दुई तथा अबेल रुइजले एक गोल गरे ।

अर्को क्वाटरफाइनलमा मोरक्को अमेरिकालाई ४-० ले हरायो । मोरक्कोका लागि साउफिएन राहिमी, इलिस अखोमाच, अच्रफ हाकिमी र  एल मेहदी माउहाउबले एक-एक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?