+
+

चट्याङले एमप्लिफायर बिग्रिंदा भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते १३:२९

१९, साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले मेसिनमा जडान गरिएको एमप्लिफायर बिग्रिएको थियो ।

अस्पतालका रेडियोलोजी विभागका प्रमुख डा. केशव पौडेलले चट्याङले बिग्रिएको सामान जर्मनीबाट मगाउनु पर्ने बताए ।

अर्थिङ्ग भए पनि मेसिनमा चट्याङ्गले क्षति गरेको डा. पौडेलले बताए । ‘जर्मनीबाट सामानको अर्डर भैसकेको भन्ने सुनेको छु, केही दिनमा नै नेपाल आउने र जडान गर्ने भन्ने सूचना छ,’ डा.पौडेलले भने, ‘चाँडै नै सेवा पुनः सुचारु हुने विश्वासमा छौं ।’

अस्पतालमा एमआरआई सेवा ४ दिनदेखि बन्द हुँदा बिरामीलाई समस्या पर्न थालेको छ । दैनिक १४/१५ जना बिरामीको एमआरआई हुँदै आएको डा. पौडेलले बताए ।

जर्मनीमा बनेको सिमेन्स कम्पनीको ‘थ्री टेस्ला ६४ च्यानल’को सो मेसिन गत जेठ २३ गते अस्पतालमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?