+

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

२०८१ साउन  १९ गते १५:३० २०८१ साउन १९ गते १५:३०
नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

१९ साउन, काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चाैधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २-० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेपालले उज्वेकपस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दैछ ।

काभा बिच भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय