+
+
चिकित्सक भन्छन् :

‘स्तनपान नगराउने महिलालाई स्तन र डिम्बासयको क्यान्सरको जोखिम’

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते १५:१०

१९ साउन, चितवन । सुत्केरी हुँदा स्तनपान नगराउने महिलाहरुमा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम उच्च हुने चिकित्सकहरुले बताएका छन् ।

भरतपुर अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख प्रा.डा.सुनिलमणि पोखरेलले विभिन्न अध्ययनहरुले स्तनपान गराउने महिलामा भन्दा नगराउने महिलामा क्यान्सरको जोखिम उच्च रहेको देखिएको बताए ।

स्तनपान गराउँदा आमाहरुको अक्सिडेसन हर्मोन वृद्धि हुने र त्यसले क्यान्सर हुनबाट जोगाउने उनले बताए ।

कान्तिपुर हेल्थले विश्व स्तनपान सप्ताहको अवसरमा शनिबार भरतपुरमा आयोजना गरेको ‘स्तनपानको महत्वः चिकित्सक–पत्रकार अन्तक्र्रिया कार्यक्रम’ मा बोल्दै प्रा.डा. पोखरेलले महिलाले बच्चा जन्माएपछि पहिलो बिगौती दूधमा अक्सिडेसन हर्मोन बढी हुने र दूध चुसाउँदा पाठेघर खुम्चिने त्यसले गर्दा रक्तश्रावमा हुनबाट जोगिने बताए ।

आमाले बच्चालाई स्तनपान गराउँदा स्तनमा संक्रमण हुने, गाँठागुँठी हुने समस्यासमेत नआउने बताए ।

बच्चाहरुको शारीरिक विकासमा आमाको दूधको महत्वपूर्ण भूमिका हुने भन्दै चिकित्सकहरुले रेडिमेड दूध खुवाउँदा अनेकन संक्रमण हुने खतरा हुने बताए ।

पछिल्लो समयमा व्यस्तता र सौन्दर्यमा असर पर्ने भन्दै नेपालमा महिलाहरुले बच्चालाई स्तनपान नगराउने चलन बढ्दै गएको छ । ‘शिशु जन्मिएपछि स्तनपान गराउनुपर्छ, यो शिशुको अधिकारको पनि कुरा हो, अर्कोतिर आमा र बच्चा दुबैलाई स्वास्थ्य दृष्टिले पनि फाइदा गर्छ भने अरु कुरा तपसिलका हुन्’, उनले भने ।

सुन्दर देखिने भन्ने नाममा स्तनपान नगराउँदा डिम्बासय र स्तनको क्यान्सर हुने जोखिम बढाउनु ठीक कि स्तनपान गराएर बच्चा र आफू स्वस्थ हुन ठीक भन्ने प्रश्न आमाले आफंैले आफूलाई गर्नुपर्ने प्रा.डा. पोखरेलले बताए ।

पछिल्लो समय स्तन ठूलो भयो भन्दै त्यसलाई घटाउने औषधि खोजी गर्नेहरु पनि आफूसमक्ष आउने गरेको भन्दै डा. पोखरेलले स्तनपान गराइसकेपछि विभिन्न व्यायाम गरेर मोटोपनसँगै स्तन घटाउन सकिने बताए । ‘तर, पहिलाको जस्तै अवस्थामा भने स्तन जाँदैन’, उनले भने ।

नियमित स्तनपान नगराउने आमाको स्तनमा बोसो जम्मा हुने र क्यान्सरसमेत गराउन सक्ने बताए । उनले बच्चालाई ६ महिनासम्म ‘एक्लुसिभ वेस्ट फिडिङ’ गराउनुपर्ने र दुई बर्षसम्म कम्तीमा पनि दूध खुवाउनुपर्ने बताए ।

भरतपुर अस्पतालकै बालरोग विषेशज्ञ डा. श्वेताकुमार गुप्ताले बच्चालाई आमाको दूध चुसाउँदा बच्चामा झाडापखला, श्वासप्रश्वास, निमोनिया, विभिन्न संक्रमणबाट जोगाउन सकिने बताइन् ।

आमाको दूध नवजात शिशुका लागि पहिलो खोप समान हुने भएकाले बच्चा जन्माएको १ घण्टाभित्र नै दूध खुवाउन सके राम्रो हुने डा. गुप्ताको भनाइ छ ।

उनले भनिन्, ‘आमाको दूधमा जस्ता पौष्टिक तत्व कुनै वस्तुमा हुँदैन । सफा पनि हुन्छ, चाहिएको बेला खुवाउन पनि सकिन्छ, यसको विकल्प डब्बाको दूध हुँदै होइन ।’

बच्चाको शारीरिक विकासमा समेत यसले महत्वपूर्ण भूमिका खेल्ने भन्दै डा. गुप्ताले बच्चाको अनुहारको मांसपेशी र गिजासमेत बलियो बनाउन स्तनपानले सहयोग गर्ने बताइन् । नियमित काममा जाने आमाहरुले दूध निचोरेर राखेर घरका अन्य सदस्यले आवश्यकता अनुसार खुवाउन सक्ने भएकाले यसतर्फसमेत आमाहरुले सोच्नुपर्ने बताइन् ।

स्त्री तथा प्रसुति रोग विषेशज्ञ प्रा.डा. सुनिलमणि पोखरेलले आमाले बच्चा जन्माइसकेपछि बच्चालाई दूध कसरी खुवाउने भन्ने तरिका थाहा नहुँदा पनि बच्चाले पर्याप्त दूध खान नसक्ने बताए । बच्चालाई काखमा राखेर बच्चाको चिउँडोले दूधमा छोएर दूधको कालो भाग बच्चाको मुख भित्र पार्न सके राम्रोसँग दूध आउने र बच्चा पनि सन्तुष्ट हुने डा. पोखरेलले बताए ।

शिशुलाई स्तनपान गराउँदा आमाले मोबाइल चलाउन नहुने बालरोग विज्ञषेश डा. गुप्ताले बताइन् । बच्चाले दूध खाँदा आमाले मोवाइल चलाउँदा पर्याप्त केयर पनि नहुने, ममता पनि नहुने तथा बच्चा अघायो अघाएन भन्ने पनि पत्तो नहुने हुँदा यस्तो काम गर्न नहुने सुझाव डा. गुप्ताको छ ।

स्तनपान गराउने समयमा शिशुलाई सुम्सुम्याएर राम्रोसँग सबै अवस्थाको बारेमा ख्याल गर्नुपर्ने डा. गुप्ताले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?