+
+

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १९ गते १८:१७

१९ साउन, काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीमा शनिबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ००३–००१क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो ।

ट्याङ्करको ठक्करबाट घाइते उनको उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घट्टेकुलो निवासी मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन् ।

ठक्कर दिने ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?