+

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

२०८१ साउन  २० गते ६:४८ २०८१ साउन २० गते ६:४८
काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

‍२० साउन, काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका  र भारतलाई पराजित गरिसकेकोछ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ ।

दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।

नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।

आजै हुने पहिलो खेलमा श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन ।

श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।

दुवै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । कम्तीमा एक खेल जित्ने लक्ष्य राखेको माल्दिभ्स श्रीलंकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ ।

पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्दा अन्तिम हुने टोली बाहिरिनेछ ।

इरान काभा वुमन्स नेसन्स लिग नेपाली महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय