+

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

२०८१ साउन  २० गते ६:५९ २०८१ साउन २० गते ६:५९
विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत

२० साउन, काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् ।

पुरुष ५०-५५ केजी तौलको प्रतिस्पर्धामा फाइनलमा चन्द्र थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भएका हुन् ।

प्रतियोगितामा आइतबार नेपालकी मेग्मा गुरुङले पनि फाइनल खेल्दैछिन् भने राजेन्द्र तामाङ र ईमा थापाको सेमिफाइनल खेल छ ।

अगस्त १ देखि थाइल्याण्डको नन्थावुरी स्टेडियममा सुरु भएको च्याम्पियनसिप अगष्ट ४ मा सकिनेछ । प्रतियोगितामा नेपालबाट कुल ६ खेलाडी सहभागी छन् ।

चन्द्रबहादुर बोहरा विश्व हाप्किडो च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय