+
+

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ४.५ प्रतिशत घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते ९:१५

२० साउन, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा ४.५ प्रतिशत घटेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ३० करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी घट्नु र निष्क्रिय कर्जा बढ्दा कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ९५ करोड रुपैयाँ थियो । त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जा २.१४ प्रतिशत पुगेको छ । पहिले यस्तो कर्जा १.१८ प्रतिशत थियो । लोन लस प्रोभिजनवापत बैंकले २१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ ।

बैंकको नाफामा सामान्य गिरावट आउँदा प्रतिसेयर आम्दानी केही घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ७५ पैसा रहेकोमा अहिले ३५ रुपैयाँ ९ पैसामा झरेको छ । प्रतिसेयर नेटवर्थ २१८ रुपैयाँ छ । आधार दर जम्मा ६. ६ प्रतिशत छ ।

असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ४९ करोड ९१ लाख रुपैयाँ छ । चुक्ता पूँजी ९ अर्ब ४२ करोड रहेको कम्पनीको प्रतिसेयर वितरण गर्न मिल्ने नाफा २६ रुपैयाँ ५० पैसा हुन आउँछ ।  जगेडा कोषमा ११ अर्ब १३ करोड रुपैयाँ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?