+
+

नारायणगढ नजिकै बाघको आक्रमणबाट एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते ९:१६

२० साउन, चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढ नजिकै आज बिहान बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर-२ बेलटाँडी बस्ने ६० पशुपती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब साढे ५ बजेको समयमा भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा हिँडिरहेका बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको मुख र हातमा चोट लागेको छ । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाघ खोजी तथा नियन्त्रणमाको लागि जिल्ला वन कार्यालय भरतपुरको टोली र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए । नजिकैको नरकटको घारीमा बाघ लुकेको अनुमान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती ल्याएर बाघलाई नियन्त्रणमा लिने तयारी गरिएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुलाई बाघ नियन्त्रणका लागि डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?