+
+

सिटिजन्स बैंकको नाफा २८ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते ९:३३

२० साउन, काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा २७.९ प्रतिशत घटेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा १ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन बढ्दा कम्पनीको नाफामा प्रभाव परेको देखिन्छ । बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्ल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब ८२ करोड रुपैयाँ थियो । लोन लस प्रोभिजनवापत बैंकले १ अर्ब ७६ करोड रुपैयाँ छुट्याएको छ । पहिले यस्तो रकम १ अर्ब २१ करोड थियो ।

त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जा ४.०७ प्रतिशत पुगेको छ । पहिले यस्तो कर्जा ३.३९ प्रतिशत थियो । बैंकको नाफामा आएको गिरावटले प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १३ रुपैयाँ १२ पैसा रहेकोमा अहिले ९ रुपैयाँ ४५ पैसामा झरेको छ । आधार दर जम्मा ८. २६ प्रतिशत छ ।

असार मसान्तसम्म वितरणयोग्य नाफा ६१ करोड ६१ लाख रुपैयाँ छ । प्रतिसेयरमा वितरण गर्न मिल्ने नाफा ४ रुपैयाँ ३४ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?