+
+

बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १०:३९
Photo Credit : Getty Images

२० साउन, काठमाडौं । बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा आन्दोलनले हिंसात्मक रूप लिएको हो ।

प्रधानमन्त्री किअर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरू विरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

साउथपोर्ट, मर्सीसाइडमा सोमबार एक पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव चर्किएको हो ।

लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल लगायतका वस्तु प्रहार गरिएको थियो । प्रदर्शनकारीको कुर्सी प्रहारबाट एक प्रहरीको टाउकोमा चोट लागेको छ र अर्का प्रहरीलाई बाइकबाट खसालिएको बीबीसीले लेखेको छ ।

मर्सीसाइड प्रहरीले केही प्रहरी घाइते भएको र दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले पुष्टि गरेको छ ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र अहिले प्रदर्शन भइरहेको हिंसा फरक कुरा भएको भन्दै आन्दोलनरत पक्षलाई संयमता अपनाउन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?