+

पेरिस ओलम्पिक : महिला सय मिटरमा सेन्ट लुइसकी अल्फ्रेडले जितिन् ऐतिहासिक स्वर्ण

२०८१ साउन  २० गते ११:१० २०८१ साउन २० गते ११:१०
पेरिस ओलम्पिक : महिला सय मिटरमा सेन्ट लुइसकी अल्फ्रेडले जितिन् ऐतिहासिक स्वर्ण

२० साउन, काठमाडौं । सेन्ट लुइसकी जुलियन अल्फ्रेडले पेरिस ओलम्पिक अन्तर्गत एथ्लेटिक्स महिला सय मिटर दौडमा ऐतिहासिक स्वर्ण पदक जितेकी छन् ।

आइतबार बिहान स्टाड डे फ्रान्समा भएको प्रतिस्पर्धामा अल्फ्रेडले ‘प्रि फेभरेट’ अमेरिकन साकारी रिचर्डलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

सेन्ट लुइसले ओलम्पिक इतिहासमा जितेको यो नै पहिलो पदक हो । त्यसैले अल्फ्रेड र सेन्ट लुइस दुवैका लागि यो पदक विशेष रह्यो । २३ वर्षीय स्प्रिन्टर अल्फ्रेडले एक सय मिटर दूरी १०.७२ सेकेन्डमा पूरा गरिन् । राष्ट्रकै लागि पहिलो स्वर्ण जितेपछि भावुक बनेकी अल्फ्रेडले उक्त स्वर्ण ११ वर्षअघि निधन भएका आफ्नो बुबाप्रति समर्पित गरिन् ।

‘गड, मेरो कोच र मेरो बुबाका लागि । जसले मैले गर्न सक्छु भन्ने विपश्वास राख्नुभएको थियो’, पदक कसलाई डेडिकेट गर्न चाहनुहुनुछ भन्ने प्रश्नमा अल्फ्रेडले भनिन्, ‘उहाँ २०१३ मै जानुभयो । अहिले मेरो करियरकै सबैभन्दा ठूलो स्टेजमा उहाँले मलाई देख्न पाउनुभएन । तर उहाँकी छोरी ओलम्पिक भएकोमा सधैँ गर्व गर्नुहुन्छ ।’

विश्व च्याम्पियन तथा स्वर्णकी दाबेदार अमेरिकन रिचर्डसनले १०:८७ सेकेण्ड समय लगाइन् । अमेरिकाकै मेलिसा जेफरसनले १०.९२ सेकेण्डमा दौड पूरा गर्दै कांस्य जितिन् ।

पेरिस ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा छ । चीनले १६ स्वर्ण १२ रजत र ९ कांस्य जितेको छ । यस्तै अमेरिका १४ स्वर्ण २४ रजत र २३ कांस्य जितेर दोस्रो स्थानमा छ ।

तेस्रो स्थानमा रहेको आयोजक फ्रान्सले १२ स्वर्ण १४ रजत र १५ कांस्य जितेको छ । अष्ट्रेलियाले पनि १२ स्वर्ण ८ रजत र ७ कांस्य जितेर चौथो स्थानमा छ ।

गृष्मकालीन पेरिस ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय