+
+

कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ आज

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:३२

२० साउन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीको शपथ आइतबार दिउँसो २ बजे हुने भएको छ ।

मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार जना मन्त्रीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ खुवाउने कार्यतालिका तय गरेको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । ‘मुख्यमन्त्रीज्यूले नवनियुक्त मन्त्रीज्यूको शपथका लागि पत्र पठाउनु भएको छ,’ थानीले अनलाइनखबरसँग भने, ‘शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे तय गरिएको छ ।’

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाउने छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो ।

सरकारमा सहभागी हुनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् ।

नवनियुक्त मन्त्रीहरूले आजै शपथ लगतै पदभार ग्रहण गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?