+
+

चिकित्सकको विशेष परीक्षामा ९१ प्रतिशत उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:२९

२० साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ ।

काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएको प्रतिशत सम्भवत अहिलेसम्मकै बढी हो ।

काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल ९७० जनाले फारम भरे पनि ९६६ जना सहभागी थिए । ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन् । ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ ।

यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएकोछ ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?