+
+

कामतको निधनमा मधेश प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकायो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:२८

काठमाडौं । शाष्त्रीय संगीतका साधक गुरुदेव कामतको निधनमा मधेश प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाएको छ । साउन १७ गते कामतको निधन सिराहस्थित घरमा भएको थियो ।

निधनको शोकमा प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको उक्त निर्णयपछि आइतबार झण्डा आधा झुकाइएको मुख्यमन्त्री सतिश सिंहले जनाए ।

आइतबार दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्री कार्यालयले शोक विज्ञप्तिमार्फत जनाएको छ । ‘गुरुदेवजीको सांगीतिक आराधना र उपासनाको यात्रा अत्यन्त कठिन र संघर्षपूर्ण रहँदै आयो, तर पनि जीवनको कठोरतम क्षणसँग लड्दै शास्त्रीय तथा सुगम संगीत परम्परालाई थप सृजनात्मक र उत्कर्षोन्मुख बनाउन उहाँले लागिरहनुभयो’ मुख्यमन्त्री सिंहले भनेका छन् ।

‘उहाँको सांगतिक स्वरले मधेशको भूमिलाई सदैव गौरव गरिमाबाट विभूषित गरिरहनेछ । यो संगै संगीत शिक्षालाई उहाँले नेपालमा नयाँ दिशा र आयाम दिनुभयो, यहि कारण उहाँको यो योगदानको कदर गर्दै प्रदेश सरकारले झण्डा झुकाउने निर्णय गरेको हो ।’

सिरहाको पतारी गाउँपालिका-२ पोखरभिण्डास्थित निवासमा गायक कामतको निधन भएको थियो । उनी लामो समयदेखि मिर्गौला रोगले पीडित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?