+
+

शिल्पा मास्के अभिनित क्राइम-थिलर ‘देवी’को टिजर : यौनहिंसाविरुद्ध जुट्न सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १३:४१

काठमाडौं । यौन हिंसाको कथावस्तुमा बनेको फिल्म ‘देवी’को टीजर सार्वजनिक भएको छ । क्राइम-थ्रिलर जनरामा निर्माण भएको फिल्मलाई संजोग राईले निर्देशन गरेका हुन् ।

१ मिनेट ३० सेकेण्ड लामो टीजरले समाजमा हुने बलात्कारका घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामको कथा चित्रण गरिएको छ । टीजरका फिल्मका मुख्य पात्र देख्न सकिन्छ ।

कथा लेखनमा निर्देशक राईले अजय गौतमसँग सहकार्य गरेका छन् । ‘देवी’ एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म हो । फिल्मलाई रामबाबु गुरुङको बाँसुरी फिल्म्सले देशब्यापी रिलिज गर्ने भएको छ ।

यो फिल्म नेपालसहित विदेशमा पनि रिलिज हुनेछ । शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमले छायांकन गरेको फिल्मको पटकथामा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् ।

भदौ २१ गते तीजको अवसरमा फिल्म प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?