+
+

एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:०५

२० साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् ।

पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताए । उनले अगाडि भने, ‘डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छ ।’

लामो समयदेखि भएको गुटबन्दी रोक्न नसक्दा एमाले विभाजन भएको उनले बताए । ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन’, कतिपयले उचाल्न सक्ने भन्दै उनले भने, ‘कुनै पनि मात्राको गुटबन्दी स्वीकार्य छैन अस्वस्थ शैली स्वीकार्य छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?