+
+

स्कुल बसको ठक्करबाट मोरङमा साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १४:२७

२० साउन, विराटनगर । स्कुल बसको ठक्करबाट मोरङको रंगेलीमा साइकल यात्रीको मृत्यु भएको छ ।

आइतबार बिहान विद्यार्थी लिनका लागि विराटनगरबाट जाँदै गरेको अरनिको स्कुलको गाडीले ठक्कर दिँदा धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा आइतबार बिहान ९ः४५ बजेतिर ठाकुर सवार साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?