+
+

ललितपुर धापाखेलबाट हराएका युवक एक महिनासम्म भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १५:१०

२० साउन, काठमाडौं । ललितपुरको धापाखेलबाट एक महिनाअघि हराएका युवक अझै फेला परेका छैनन् ।

सिरहाको कल्याणपुर नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–२३ धापाखेल बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा २५ असारमा बेपत्ता भएका थिए ।

त्यस दिन राति ७ बजेदेखि परिवारको सम्पर्कमा नरहेपछि खोजीका लागि प्रहरीमा खबर गरे पनि अहिलेसम्म नभेटिएका उनका छिमेकी दाजु प्रमोद साहले बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले साहको खोजी भइरहे पनि अवस्था पत्ता लाग्न नसकेको बताएका छन् ।

शर्मा राति ७ बजेतिर साथीको कोठामा जान्छु भनेर आफ्नो कोठाबाट निस्केका थिए । त्यसपछि साथीको कोठामा पुगेको समेत पत्ता लागेको छ । तर त्यहाँबाट आफ्नो कोठामा फर्किन्छु भनेर निस्केपछि बेपत्ता भएको जानकारी पाएको एसपी सुवेदीले बताए ।

बेपत्ता युवकको मोबाइलसमेत स्वीच अफ रहेकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?