+
+

आफूले बोलेको कुराले शिक्षकको आत्मसम्मानमा ठेस पुगेको भन्दै सांसद ढकालले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १५:५५

२० साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ९ साउनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा बोलेको विषयलाई लिएर माफी मागेका छन् ।

ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘शिक्षा समितिमा विषय उठान गर्दा मैले बोलेका केही शब्दले देशभरका शिक्षकको आत्मसम्मानमा ठेस पुग्न गएको आशय प्राप्त हुन गएको महसुस भयो ।’

विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि छलफल भइरहेका बेला ढकालले कतिपय शिक्षकले २४ घण्टा रक्सी खाने गरेको, शिक्षकले अनुमानको भरमा पढाइरहेको भन्दै एक पटक पास गर्दै आजीवन शिक्षक हुन पाउने व्यवस्था संशोधन गरी हरेक पाँच वर्षमा परीक्षा लिने व्यवस्था राख्नुपर्ने मत राखेका थिए ।

उनले आफू सधैं शिक्षा सुधार तथा शिक्षकको पेशागत हकहित, सेवा सुविधा तथा संरक्षणको पक्षमा वकालत गर्दै आएको दाबी गरेका छन् ।

ढकालले आगामी दिनमा समेत यी विषयमा सतिसाल बनेर उभिने प्रतिबद्धता व्यक्त गर्दै शिक्षक तथा गुरुवर्गको आत्मसम्मानमा ठेस पुग्न गएको भए आत्मआलोचित भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?