+

माल्दिभ्सलाई हराउँदै श्रीलंकाको पहिलो जित

२०८१ साउन  २० गते १६:३७ २०८१ साउन २० गते १६:३७
माल्दिभ्सलाई हराउँदै श्रीलंकाको पहिलो जित

२० साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित हात पारेको छ।

दशरथ रंगशाला कर्भड हलमा भएको खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध २५–२२, २५–१२ र २५–१६ को ३–० को सोझो सेटमा जित हात पारेको हो ।

पहिलो खेलमा नेपालसँग सोझो सेटमा पराजित भएको श्रीलंका, दोस्रो खेलमा इरानसँग ३–२ ले पछि परेको हो । श्रीलंकाले लिग चरणको अन्तिम खेल भारतसँग सोमबार खेल्नेछ ।

माल्दिभ्सको भने यो तेस्रो हार हो । पहिलो खेलमा भारतसँग हारेको माल्दिभ्स दोस्रो खेलमा शनिबार इरानसँग पनि पराजित भएको थियो । माल्दिभ्सले लिग चरणको अन्तिम खेल घरेलु टिम नेपालसँग सोमबार खेल्नेछ ।

आजको दोस्रो खेल घरेलु टिम नेपाल र इरान बीच ५:१५ मा सुरु हुनेछ । पाँच टिम सम्मेलित यस खेलमा पूच्छरको टिम प्रतियोगिताबाट बाहिरिनेछ भने अन्य चार टिमले सेमिफाइनल खेल्नेछन् ।

काभा वुमन्स नेसन्स लिग माल्दिभ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय