+
+

नेपाल भित्र्याइँदै स्काइवेलको नयाँ ईभी, मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १७:०४

२० साउन, काठमाडौं । नेपाली बजारमा स्काइवेलको नयाँ विद्युतीय गाडी आउने भएको छ ।

नेपालका लागि स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले सो गाडी ल्याउने भएको हो ।

जी मोटर्सका अनुसार ‘एसयूभी बी ११’ मा ५२० किलोमिटर र ४१० किलोमिटर रेन्ज भएको ईभी ल्याउन लागेको हो । ११ भदौदेखि हुने नाडा अटो शोमा ती गाडीहरु प्रदर्शनमा आउनेछन् ।

ती गाडीहरूमा ५२० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र  ४१० का लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन रहेको छ ।

कति पर्छ मूल्य ?       

स्काइवेल ईभीको नयाँ भर्सनको दुवै गाडीको मूल्य पनि जी मोटर्सले सार्वजनिक गरेको छ ।

मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको  मूल्य ७९ लाख ९० हजार रुपैयाँ र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

दुवै प्रकारका गाडीमा १ सय ५० किलोवाट पिक पावर भएको विद्युतीय मोटर जडान भएको छ ।

जी मोटर्सका अनुसार अहिले पनि गाडीहरूको बुकिङ सुरु भइसकेको छ ।

एक पटक चार्ज गर्दा नेपालमा सबैभन्दा धेरै ६२० किलोमिटर रेन्ज दिने स्काइवेल २०२३ को नाडा अटो शोमा जी मोटर्सले ल्याएको थियो ।

उक्त रेन्जभन्दा कम र मूल्य पनि थोरै भएको स्काइवेलको नयाँ गाडी नेपालमा आउन लागेको हो ।

भक्तपुरसँगै जी मोटर्सले इटहरी सहित विभिन्न ८ स्थानबाट स्काइवेल बिक्री गर्दै आएको छ । चीनमा निर्माण भएको स्काइवेल युरोपम समेत रुचाइएको ईभीमा पर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?