+
+

‘आईएमई पे’ मा रेमिट्यान्स पठाउँदा एक हजार रुपैयाँसम्म क्यास ब्याक

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १८:१८

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले  विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा  ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे  एप प्रयोगकर्ताले नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक  प्राप्त गर्न सक्नेछन् ।

‘आईएमई गरौं,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै  बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

आईएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुका साथै  ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न सक्नेछन् ।

सबै प्रकारका बीमा नवीकरण एवम् अन्य सेवाहरूको भुक्तानीका साथै आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?