+
+

करिब ५ लाखसहित जुवातास खेलेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १८:४९

२० साउन, काठमाडौं । करिब ५ लाख रुपैयाँसहित जुवातास खेलेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारा बस्ने ७२ वर्षीया लिला उप्रेतीको घरमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलेको आरोपमा प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट ४ लाख ८८ हजार ५ सय रुपैयाँ र ६ बुक तास बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत जुवातास तथा सट्टेबाजी खेल्न नहुने कसुर अन्तर्गत कारबाही अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?