+
+

त्रिविका विभाग मर्ज गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १८:४४

२० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले केन्द्रीय विभागहरू समायोजन गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि सुरु हुने जनाएको छ ।

कतिपय केन्द्रीय विभागमा आवश्यक विद्यार्थी भर्ना नभएपछि मिल्दो विभागलाई समायोजन गरेर स्कुल बनाउने प्रक्रिया यो वर्षदेखि अगाडि बढाउने तयारी भइरहेको योजना निर्देशनालयका निर्देशक प्रेमबहादुर थापाले जानकारी दिए ।

उनले भने ‘कतिपय केन्द्रीय विभागमा चाहिने जति विद्यार्थी नै भएनन्, त्यस्ता विभागहरूलाई विषय मिल्दो गरेर मर्ज गर्ने प्रक्रिया यसै वर्षदेखि सुरु हुन्छ ।’

त्यसका लागि खाका तयार भइरहेको थापाले बताए । उनको भनाइ अनुसार अहिलेसम्मको अध्ययनले विज्ञान तथा प्रविधि संकाय अन्र्तगतका सबै विभागको तीन वटा स्कुल बन्ने सम्भावना देखिएको छ ।

जियोलोजी, इन्भाइरोमेन्टल साइन्स र हाइड्रोमेटेरियोलोजी विषय एक अर्कासँग मिल्दो भएकोले अर्थ साइन्स स्कुल बनाउने तयारी छ । बोटनी, केमेस्ट्री लगायतको मिल्दो विषय गरेर तीन वटा स्कुल बन्ने सम्भावना अनुसार मूल्यांकन भइरहेको निर्देशक थापाले बताए ।

उनले भने ‘अहिले एसिस्मेन्ट हुँदैछ, अब कार्यदल गठन गरेर प्रतिवेदनले सुझाए अनुसार विभागहरू समायोजन गर्ने भन्ने छ ।’  विद्यार्थी घट्ने क्रम तीव्र रहेकाले चाँडो सक्नेगरी काम गर्ने योजना भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?