+
+

चीनको नाका जोड्ने सडकलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते १९:५९

२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका नाकाहरू जोड्ने सडक खण्डहरू प्राथमिकताका साथ निर्माण अघि बढाउन निर्देशन दिएका छन् ।

आइतबार सडक विभागले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले किमाथांका नाका जोड्ने सडक निर्माणलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् ।

‘किमाथांकाको बाटोलाई कालोपत्रे डबल लेनको बनाउनुस्, त्यो सडक खोलाखोला आउँछ । सबै मौसममा लागि त्यो बाटो सहज छ,’ उनले भने,‘बाँकी काम सक्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले चीनसँगको कोरला नाका जाड्ने बेनी–जोमसोम–कोरला जाने सडक सबैजसो मौसममा लागि प्रतिकूल नभएको बताए । ‘त्यहाँ चीनले भन्सार पोस्ट भवन र सुरक्षार्मी राखिसकेको छ,’ उनले भने,‘त्यो पनि सबै मौसममा मान्छे बस्न सक्ने ठाउँ हो ।’

केही समयपछि ओलाङचुङगोलाबाट ३ किलोमिटर सुरुङ बनाउँदा चीनको पारी सीमा बजारसम्म पुग्न सकिने प्रधानमन्त्री ओलीले बताए । ‘भोलि–भोलि गएर त्यो प्रविधि अपनाउन सकिन्छ,’ उनले भने,‘इन्जिनियरिङका हिसाबले तपाईंहरूले गर्न सक्नुहुन्छ ।’

हिल्सा–सिमिकोटमा सडक पनि बनाउनुपर्ने भन्दै उनले त्यहाँ हिउँ पन्छाएर गाडी चलाउन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?