+
+

‘सतीदेवी’ ट्रेलर युट्युव ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते २१:०९

काठमाडौँ । भदौ ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सतीदेवी’को ट्रेलरप्रति दर्शकीय आकर्षण बढ्दो छ । विहिबार सार्वजनिक ट्रेलर अहिले युट्युव ट्रेन्डिङमा छ ।

यो समाचार तयार पार्दासम्म ट्रेलरलाई १ लाख ७२ हजारभन्दा धेरै पटक हेरिएको छ । सामाजिक कथावस्तुको फिल्मको ट्रेलरको यो भ्यूज उत्साहजनक अवश्य हो ।

रिलिजको २४ घण्टाभित्रै ट्रेलर युट्युवको ट्रेन्डिङमा स्ट्रिमिङ भैरहेको थियो । युट्युवको ‘मूभिज’ खण्डको तेस्रो स्थानमा ट्रेलर छ ।

टिजरले ६.६ हजार बढी लाइक र उल्लेख्य संख्यामा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । टिजर रिलिज भएपछि फिल्मको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद त्यतिबेलादेखि नै चर्चामा रहेको छ ।

सो संवादमा धेरैजना त्यसमा पनि अधिकांश महिलाले रिल्स तथा टिकटक भिडियो बनाइरहेका छन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा पेस गर्ने फिल्म लामो समय सिने पत्रकारितामा बिताएका लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् ।

फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटाको साथमा बालकलाकार हर्षिका वली र मन्जिला बानियाँ प्रमुख भूमिकामा छन् ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्म श्रीदेवी सुवेदीले निर्माण गरेकी हुन् ।

सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको फिल्मले सार्वजनिक प्रदर्शनबाट पनि दर्शकको मन जित्ने अपेक्षा निर्देशक सुवेदीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?