+
+

जेफ्रीको घातक बलिङमा श्रीलंकाको सानदार पूनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २० गते २२:४२

२० साउन, काठमाडौं – स्पिनर जेफ्री वान्डरसेले घातक बलिङ गर्दै ६ विकेट लिएपछि श्रीलंकाले दोस्रो ओडीआई खेलमा भारतलाई ३२ रनले हराएको छ । योसँगै तीन ओडीआई खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । पहिलो ओडीआई खेल टाइ भएको थियो ।

जित्नलाई २४१ रनको लक्ष्य पछ्याएको भारत ४२.२ ओभरमा २०८ रनमा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले ४४ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६५ रन बनाए । शुभमन गिलले ४४ बलमा ३ चौकासहित ३५ रन जोडे ।

भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले १३.३ ओभरमा ९७ रनको उत्कृष्ट सुरुवात दिलाएका थिए । जेफ्रीको बलमा रोहित पाथुमबाट क्याच आउट भएपछि भारतले निरन्तर विकेट गुमायो ।

मध्यक्रममा अक्षर पटेल ४४ बलमा ४ चौका र २ छक्कासहित ४४, वासिन्टन सुन्दर १५, विराट कोहली १४, श्रेयस ऐर ७, लोकेश राहुल र शिवम समान शून्यमा आउट भए । श्रीलंकाका स्पिनर जेफ्री वान्डरसे १० ओभरमा ३३ रन खर्चेर ३ तथा कप्तान चरिस असलंकाले ३ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो । अभिष्का फेनान्डो र कामिन्दु मेन्डिसले ४०-४० रन बनाए । चरिथ असलंका २५, कुशल मेन्डिस ३० र दुनिथ वेलालागे ३९ रनमा आउट भए ।

भारतका वासिन्टन सुन्दर ३, कुलदीप यादव २, मोहम्मद शिराज र अक्षर पटेलले १-१ विकेट लिए । पहिलो ओडीआई खेलमा शुक्रबार भारतलाई १५ बलमा १ रन चाहिँदा चरिथ असलंकाले लगातार दुई विकेट लिदै खेल टाइ गराएका थिए । सुपर ओभर नहुँदा बराबरीमा सकिएको थियो ।

तेस्रो तथा अन्तिम ओडीआई खेल अव बुधबार हुनेछ । तीन टी२० आई सिरिज भारतले क्लिनस्वीप गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?