+
+

नबिल बैंकको नाफा १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ८:१५

२१ साउन, काठमाडौं । नबिल बैंकको खुद नाफा १० प्रतिशत बढेको छ ।

सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२३ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी ८.६ प्रतिशत घटेको छ । फी तथा कमिसन आम्दानी बढ्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा टेवा पुगेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९ पैसा छ । प्रतिसेयर आम्दानी पहिले २३ रुपैयाँ ६७ पैसा थियो । वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २६ पैसा छ ।

बैंकको निष्क्रिय कर्जा सामान्य घटेको छ । अघिल्लो पटक यस्तो कर्जा कुल कर्जामा १.१८ प्रतिशत रहेकोमा अहिले १.०७ प्रतिशत छ । त्यस्तै सीडी रेसियो ८३ प्रतिशत छ । यसले बैंक थप लगानी गर्नका लागि स्रोत पर्याप्ततामा रहेको जनाउँछ ।

त्यस्तै आधार कर ७.६३ प्रतिशतमा झरेको छ । अघिल्लो पटक यस्तो आधार दर ९.५२ प्रतिशत थियो ।

२७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषको आकार २८ अर्ब ६५ करोड छ ।

बैंकको मुख्य बिजनेस कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको छ । बैंकले असार मसान्तसम्म ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?