+
+

के टाइप सी चार्जरका कारण बिग्रिंदैछन् फोन ? भुलेर पनि नगर्नुस् यो गल्ती

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ८:४९

के टाइप सी चार्जरका कारण बिग्रिंदैछन् फोन ? भुलेर पनि नगर्नुस् यो गल्ती प्रविधि बजारमा लगातार नयाँ नयाँ अत्याधुनिक प्रविधिहरुको विकास भैरहेको छ ।

आजकल बजारमा उपलब्ध स्मार्टफोनहरुमा विभिन्न शानदार फिचर दिइएको हुन्छ । तथापि फोन कम्पनीहरुको अधिकांश ध्यान चाहिं क्यामरामै केन्द्रित हुन्छ ।

तर केही वर्षयता फोनसँगै चार्जर राख्ने आवश्यकता कम हुँदै गएको छ । किनकि स्मार्टफोन कम्पनीहरुले फोनमा धेरै वाट क्षमताका चार्जर राख्ने गरेका छन् भने ब्याट्रीपनि शक्तिशाली हुने गरेको छ ।

फोन कम्पनीहरुले स्मार्टफोनमा टाइप सी चार्जरसँगै धेरै वाटको चार्जर उपलब्ध गराउँछन् यदि एउटा सानो गल्तीका कारण तपाइँको फोनको क्षमता ह्रास भइरहेको हुन्छ ।

वास्तवमा धेरै मानिसहरुले टाइप सी चार्जरलाई सफा नै गर्दैनन् । यस्तोमा टाइप सी पोर्टमा चार्जरमा रहेको फोहोर वस्तु छिर्ने सम्भावना हुन्छ । यसको फलस्वरुप फोनको आयु घट्दै जान्छ ।

यदि लामो समयसम्म यो क्रिया चलिरह्यो भने फोन सामान्य भन्दा छिटै नै बिग्रिने सम्भावना हुन्छ ।

साथै धेरै मानिसहरुलाई आफ्नो फोन चार्जर कति वाट क्षमताको हो भन्नेपनि जानकारी हुँदैन । साथै मोबाइल फोनलाई कति वाटसम्मको क्षमतायुक्त चार्जरबाट चार्ज गर्न सकिन्छ भन्ने पनि अधिकांशलाई हेक्का हुँदैन ।

यस्तोमा सही जानकारीको कमीले गर्दा धेरैजना फोन प्रयोगकर्ताले जुनसुकै चार्जरबाट पनि आफ्नो फोन चार्ज गराउँछन् । यसका साथै कहिलेकाहीँ हामीले सार्वजनिक स्थानमा राखिएका चार्जरबाट समेत फोन चार्ज गर्दछौं । यसो गर्दा फोनको क्षमतामा नकारात्मक असर पर्दछ ।

फोन कम्पनीहरु आजकल मोबाइल चार्जरलाई फास्ट टेक्नोलोजीले युक्त गराएर बजारमा उतारिरहेका हुन्छन् । यस्तोमा यदि तपाईंको फोनमा फास्ट चार्जिंङको सुविधा उपलब्ध छ भने फोनलाई ओरिजिनल चार्जरसँगै उत्ति क्षमतायुक्त चार्जरबाट फोन चार्ज गर्नुहोस् । जस्तो कि यदि फोनलाई ४४ वाट, ६५ वाट तथा १२० वाटको क्षमताको हिसाबले तयार गरिएको छ भने डिभाइसलाई उत्ति नै क्षमतावाला चार्जरबाट चार्ज गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?