+
+

चिकित्सा क्षेत्रमा नयाँ चमत्कार : डाक्टर ५ हजार किलोमिटर टाढा, रोबोटले गर्‍यो शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:१२

आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ तथा रोबट जस्ता शब्दहरुसँग हामी पहिलेदेखि नै परिचित छौं। यी सबै प्रविधिहरु विस्तारै हाम्रो जीवनको हिस्सा बनिरहेका छन् । अझ स्वास्थ्यसेवाको क्षेत्रमा त प्रविधिको प्रयोग निकै बढेको छ । यसको नयाँ उदाहरण चीनमा देखिएको छ।

चीनमा डाक्टरहरुले ५ हजार किलोमिटर टाढा रहेको एक बिरामीको फाइभ जी रोबोटमार्फत् शल्यक्रिया गराएका छन् ।

सांघाई चेस्ट हस्पिटलका शल्यचिकित्सिकहरुले आफ्ना साथीहरुको सहयोगमा दूर शल्यक्रिया गरेका हुन् । उनीहरुले बिरामीको फोक्सोबाट ट्युमर निकालेका छन् ।

शल्यक्रियाका बेलामा शल्यचिकित्सक सांघाईमा थिए । जबकि बिरामी र सर्जिकल रोबोट चाहीँ झेझियांगको कशगरमा रहेका थिए । यी दुई ठाउँबीचको दूरी ५ हजार किलोमिटर रहेको छ ।

गत जुलाई १३ को दिन उक्त शल्यक्रिया भएको हो । डाक्टर लु क्विंग्क्वानले सो शल्यक्रियाको नेतृत्व गरेका हुन् । उक्त प्रक्रियामा करिब १ घण्टाको समय लागेको थियो । करिब १ वर्षको तयारीपछि उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ ।

डाक्टर लु ले भनेका छन् : यो शल्यक्रियाको सफलता स्वेदेशी सर्जिकल रोबोटको चिकित्सा क्षमता प्रदर्शनका लागि एक कोशेढुंगा हो । यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रका बिरामीहरु लाभान्वित हुनेछन् ।

सो शल्यक्रियाको भिडियो रेकर्ड गरिएको थियो, जुन अहिले सोसल निकै चर्चित बनिरहेको छ ।

डाक्टरहरुका अनुसार उक्त शल्यक्रियाको सफलताले भविष्यमा जोकोही मानिस ठूला-ठूला तथा सुविधासम्पन्न सहरमा नगइकन पनि आफ्नै ठाउँबाट उपचार गराउन सक्छन् भन्ने देखाएको छ ।

चीनमा रोबोटको मद्दतले छातिको शल्यक्रिया गरिएको यो पहिलो घटना भएको सांघाई डेलीको रिपोर्टमा उल्लेख छ ।

सांघाई छातिरोग अस्पतालले रोबोट सर्जरीसँगै रोबोट प्रविधिमा अनुसन्धान र विकासमा समेत संलग्न छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?