+
+

माछापुच्छ्रे बैंकको नाफा २३ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:१२

२१ साउन, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २३ प्रतिशत घटेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्ष १ अर्ब २५ करोड कमाएको छ । बैंकको खुद ब्याज आम्दानी, कमिसन आम्दानी घट्नुले नाफामा प्रभाव परेको देखिन्छ ।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष ५ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ५ अर्ब छ । बैंकले लोन लस प्रोभिजनवापत १ अर्ब ७ करोड रुपैयाँ छुट्याएको छ ।

बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष १५ रुपैयाँ ८५ पैसा रहेकोमा अहिले १० रुपैयाँ ७६ पैसा छ । बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ४ रुपैयाँ १ पैसा हो ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । आघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ०.८६ प्रतिशत रहेकोमा अहिले १.५६ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ०.७७ प्रतिशत मात्रै बढेको छ । कुल ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ५ अर्ब १७ करोड रुपैयाँ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?