+
+

प्रभु बैंकको आम्दानीसँगै नाफा बढ्यो, प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:१५

२१ साउन, काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो पटक यस्तो नाफा २८ करोड मात्रै थियो ।

सार्वजनिक विवरणअनुसार बैंकको  लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ह्वात्तै घटेको छ, जसकारण नाफामा उच्च वृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले कुल ५५ करोड ६८ लाख रुपैयाँ लोन लस प्रोभिजन गरेको छ । अघिल्लो पटक यस्तो रकम ५ अर्ब २१ करोड थियो ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १९ प्रतिशतले बढेको छ । आम्दानी बढ्दा पनि नाफामा टेवा पुगेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ अर्थात् प्रतिसेयर वितरणयोग्य नाफा ५ रुपैयाँ २० पैसा छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी भने १९ रुपैयाँ ३ पैसा छ ।

बैंकले अझै पनि ठूलो मात्रामा कर्जा असुली गर्न नसकेको देखिन्छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.७८ प्रतिशत छ । अघिल्लो पटक यस्तो कर्जा ४.९८ प्रतिशत थियो । २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा (रिजर्भ) ११ अर्ब ६६ करोड छ । बैंकको कर्जा प्रवाह एक वर्षको अवधिमा ३.८ प्रतिशत घटेको छ तर निक्षेप संकलन भने ५.५ प्रतिशत बढेको छ । बैंकको आधार दर ८.२० प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?