+
+

लोनलस प्रोभिजनका कारण एनआईसी एसियाको नाफामा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:३८

२१ साउन, काठमाडौं । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ६८.९ प्रतिशत घटेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  गत आर्थिक वर्ष १ अर्ब ३८ करोड कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा उच्च गिरावट आएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १२ अर्ब २५ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १० अर्ब ६१ करोड छ ।

बैंकले लोन लस प्रोभिजनवापत २ अर्ब ८४ करोड रुपैयाँ छुट्याएको छ, अघिल्लो पटक यस्तो प्रोभिजन रकम ७२ करोड थियो । बैंकको खुद नाफा घट्दा प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्ष ३८ रुपैयाँ ४४ पैसा रहेकोमा अहिले ९ रुपैयाँ २६ पैसा छ । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ऋणात्मक छ ।

प्रतिसेयर वितरणयोग्य नाफा १५ रुपैयाँ ४५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने रिजर्भमा १७ अर्ब ५५ करोड छ ।

बैंकको निष्क्रिय कर्जा बढेको छ । आघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ०.११ प्रतिशत रहेकोमा अहिले १.७४ प्रतिशत पुगेको छ । एक वर्षको अवधिमा बैंकको कर्जा प्रवाह ३.९५ प्रतिशत मात्रै बढेको छ । असार मसान्तसम्म कुल २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?