+
+

नाफा बढेपनि गैर बैंकिङ सम्पत्ति बढ्दा घट्यो एभरेष्ट बैंकको लाभांश क्षमता

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन २१ गते ९:३५

२१ साउन, काठमाडौं । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा भएको वृद्धिसँगै एभरेष्ट बैंकको नाफा बढेको छ ।

आम्दानीमा वृद्धि र सम्भावित कर्जा नोक्सानीको प्रोभिजन घट्दा बैंको नाफा बढेपनि बैंकहरूले लिलामीमा निकालेको धितो बिक्री नभएर गैर बैंकिङ सम्पत्ति बढ्दा बैंकको लाभांश क्षमता भने गत वर्षको तुलनामा खस्किएको छ ।

बैंकले सोमबार प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार ३ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशतले बढी हो । बैंकले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ३६ करोड २१ लाख १५ हजार मुनाफा आर्जन गरेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको निक्षेप र कर्जाको भारित औसत अन्तर (स्प्रेड दर) घटाएको कारण बैंकको कर्जा बढेपनि खुद ब्याज आम्दानी सोही अनुपातमा बढ्न सकेको छैन ।

यस्तै निक्षेपको तुलनामा कर्जा विस्तार न्यून हुँदा बैंकसँग तरल सम्पत्ती बसेर त्यसले समेत बैंकको लागत बढाएको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप १७.३३ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब ३२ करोड पुग्दा कर्जा १२.५१ प्रतिशतले बढेर एक खर्ब ७९ अर्ब ६५ करोड पुगेको छ ।

यस्तै सोही अवधिमा खुद ब्याज आम्दानी भने ३.३७ प्रतिशतले मात्रै वृद्धि भएर ७ खर्ब ६६ अर्ब पुगेको छ । फि तथा शुल्क आम्दानी २४.७ पव्रतिशतले वृद्धि हुँदा बैंकको कुल सञ्चालन आम्दानी ७.१९ प्रतिशतले बढेर ९ अर्ब ३९ करोड पुगेको हो ।

बैंकको आम्दानीसँगै कर्मचारी तथा सञ्चालन खर्च पनि बढेको छ । तर, बैंकले खराब असुलीको लागि धितो लालामीमा नकिालेपनि धितो नकिकेको गैर बैंकिङ सम्पत्ती सकारेको छ । जसले बैंकको निष्कृय कर्जासँगै सम्भावित कर्जा नोक्सानी प्रोभिजन पनि घटेको छ ।

प्रोभिजन घट्दा खर्च बढेपनि बैंकको सञ्चालन नाफासँगै उक्त अवधिको मुनाफा पनि बढेको हो । बैंकको कर्जा नोक्सानी व्यवस्था ७७ करोडबाट घटेर २८ करोड मात्रै रहेको छ ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा १६.१८ प्रतिशतले बढेर ५ अर्ब ६० करोड पुगेको हो । २०८० असारमा ०.७९ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा २०८१ असारमा ०.७१ प्रतिशतमा झरेको हो ।

यता बैंकको गैर बैंकिङ सम्पत्तीको लागि ५१ करोड ९० लाख र ऋणपत्रको लागि क्यापिटले रिडेम्सन रिजर्भमा ६२ करोड ५८ लाख रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य नाफा भने ३४.३४ प्रतिशतले बढेर १ अर्ब ६० करोडमा समिति भएको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोसन सेयर सहित २० प्रतिशत लाभांश दिएको थियो । लाभांशपछि बैंकको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख पुगेको छ । ्य

स्तै जडेडाकोषमा १२ अर्ब २५ करोड बैंकको सञ्चित गत वर्षको सञ्चित मुनाफा समेत कुल सञ्चित मुनाफा भने ३ अर्ब ५१ करोड ४५ लाख पुगेको छ । जसबाट बैंकले सेयरधनीलाई २९.८६ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

बैंकको प्रतिसेयर आम्दानी पूँजी बढ्दा पनि घटेको छैन । अघिल्लो वर्ष ३१ रुपैयाँ ४३ पैसा रहेकोमा गत आवमा ३१ रुपैयाँ ४५ पैसा छ । प्रतिसेयर नेटवर्थ २३६ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात १८.२२ गुणा छ ।

असार मसान्तमा बैंकको पूँजीकोष अनुपात १२.६१ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर गतै त्रैमासको औसत ७.४५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही त्रैमासमा ९.९२ प्रतिशत थियो । स्प्रेड दर ३.९८ प्रतिशत र सीडी रेसियो ८०.२९ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?